गण्डकी विकास बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

Citizen Life Insurance Co

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको जनाएको छ ।

बैंकको पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले १७ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले पुस १५ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्नेछ ।

उक्त मिति पछि बैंक खाता अद्यावद्यिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार