Connect IPS
IME Life

तेस्रो पक्ष बीमा पुलको व्यवस्थापन नेपाल पुनर्बीमा कम्पनीले गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यही माघ १ गतेदेखि सुरु भएको तेस्रो पक्ष बीमा पुल मार्फत सञ्चालन गर्ने कार्य विधि अनुसार सो पुलको व्यवस्थापन नेपाल पुनर्बीमा कम्पनीलाई दिने तयारी भइरहेको छ ।

Prabhu
Crest

नेपाल बीमक संघका अनुसार तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्न ३५ प्रतिशत सबै कम्पनीलाई बराबरी र बाँकी रहेको ६५ प्रतिशत कम्पनीको बजार हिस्साको आधारमा बाँडफाँड गर्ने कार्यविधि बनेको छ । सो कार्यविधि अनुसार नयाँ पुराना सबै कम्पनीले १.७५ प्रतिशत व्यापारमा हिस्सा पाउनेछन् । बाँकी रहेको ६५ प्रतिशत बीमाको हिस्सा पछिल्लो आर्थिक बर्षको वित्तीय विवरणमा ओगटेको बजार हिस्साको आधारमा वितरण गरिनेछ ।

बीमक संघले स्वच्छता र पारदर्शीताको लागि पुल व्यवस्थापनको जिम्मेवारी पुनर्बीमा कम्पनीलाई दिन लागेको हो । बीमा कम्पनीहरुले तेस्रो पक्ष बीमा बापतको सम्पूर्ण शुल्क तथा विवरण नेपाल पुनर्बीमा कम्पनीमा बुझाउनेछन् । बीमा दावी भुक्तानी तथा बीमा शुल्कको बाँडफाँडको जिम्मेवारी पुनर्बीमा कम्पनीले गर्ने गरी प्रक्रिया अघि बढाइएको संघका सचिव चंकी क्षेत्रीले इन्स्योरेन्स खवरलाई बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS