देवः विकास बैंकको शेयर कारोबार रोक्का

Citizen Life Insurance Co

काठमाडौ । देवः विकास बैंकको शेयर कारोबार आजदेखि रोक्का भएको छ । कुमारी बैंकसँग गाभिन लागेको कारण बैंकको शेयर कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार बैंक वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम देवः विकास बैंकको शेयर कारोबार रोक्का गरेको हो ।

कुमारी बैंकले देवःलाई प्राप्ति गर्ने सम्बन्धमा माघ १ गते बुधबार सम्झौता भएको थियो । कुमारी बैंकले देवलाई १००ः८६ को स्वाप रेसियोमा गाभ्ने प्रारम्भिक सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार