माछापुच्छ्रे बैंकको पुतलीसडकस्थित एटिएम फुटाउने प्रयास

Citizen Life Insurance Co

काठमाडौं । माछापुच्छ्रे बैंकले राजधानी काठमाडौंको पुतलीसडकमा सञ्चालन गरेको एटिएम मेशिन फुटाउने प्रयास भएको छ । सो घटनामा संलग्न जाजरकोट त्रिवेणी नगरपालिका वडा नं ६ घर घएका २४ बर्षिय तिलक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शनिबार पुतलीसडकमा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेशिनको माथिल्लो स्क्रीन फुटाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले रंगेहात पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार