काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको पुस २५ गते हकप्रद शेयरको बाँडफाँट भएको छ । कम्पनीले असोज २६ गतेसम्म कायम रहेका शेयरधनीहरुलाई १० बराबर २ को अनुपातमा हकप्रद जारी गरेको थियो ।
कम्पनीले शेयरधनीहरुका लागि कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म १७ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कम्पनीले रितपूर्वक आवेदन दिने ७ हजार तीन सय ५२ जना शेयरधनीहरुका लागि १६ लाख ६० हजार २७४ कित्ता शेयरको बाँडफाँट गरेको हो । कम्पनीको विक्री प्रवन्धक सिविआईएल क्यापिटल लिमिटेड रहेको छ ।