Prabhu Life Ad Final

४२ अंकले बढ्यो नेप्से, नेपाल लाइफको सर्वाधिक कारोबार

IME PAY

काठमाडौं । आज शेयर बजारमा उछाल आएको छ । नेप्से ४२ दशमलव ६१ अंकले बढेर १,२५५ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८ दशमलव १७ अंकले बढेको छ ।

माइक्रोफाइनान्स र जीवन बीमा समुह पनि क्रमश ६ अंकले बढेका छन् । आज माइक्रोफाइनान्स र बीमा कम्पनीहरुको शेयरमा लगानीकर्ता आकर्षण भएका छन् । दिनभरिमा १ सय ७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएको छ ।

NCHL

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । ग्रामीण विकास लघुवित्त र एनआइसी एशिया बैंकको ४ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्ट, डिप्रोक्स लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स र नेपाल बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगडानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन हाइड्रोका लगानीकर्ताहरुले २ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x