IME Life

यी हुन संसारको सवैभन्दा महङ्गो जीवन बीमा पोलिसी बिक्री गर्ने अभिकर्ता

SPIL
NIC ASIA

एजेन्सी । मानिसले विभिन्न विधामा विश्व रेकर्ड कायम गर्ने चलन नेपालसम्म पनि प्रख्यात छ । त्यस्तै बीमा क्षेत्रमा पनि विश्वकै सबैभन्दा बढि बीमाङ्कको बीमा गराएर गिनिज बुक अफ वोर्ल्डमा विश्व रेकर्ड कायम गरेका छन् । अमेरिकी अर्बपतिले सबैभन्दा बढी बीमाङ्कको रकमको बीमा गरी विश्व रेकर्ड कायम गरेका हुन् ।

Prabhu
Crest

उनले २०१४ मा २०१ मिलियन अमेरिकि डलरको बीमाङ्कको बीमा पोलिसी खरिद गरेका थिए । आजको दिनमा सो रकमलाई नेपालीमा रुपान्तरण गर्दा २२ अर्ब नेपाली रुपैयाँ हुन आउँदछ । तर, गिनिज बुकले ती व्यक्तिको नाम भने खुलाएको छैन् । उनी अमेरिकाको सिलिकन भ्यालिमा बस्ने कुरा भने उल्लेख छ । उक्त व्यक्तिलाई १२ वटा बीमा कम्पनी मिलेर सो मूल्य बराबरको बीमा पोलिसी बिक्री गरेका थिए ।

कसले बेचे यति ठुलो बीमाङ्कको बीमा पोलिसी ?
यति ठुलो बीमाङ्कको बीमा पोलिसी डोभी फ्रान्सिसले बेचेका थिए । डोभी एसजी एलएलसी कम्पनीका म्यानेजर पार्टनर रहेका थिए। यति ठुलो बीमाङ्क रकमको बीमा पोलिसी बेच्न डोभिलाई गाहे भने भएको थियो। विभिन्न बीमा कम्पनीहरुसँग उनले सहकार्यको लागि पहल गरेका थिए । बल्ल बल्ल उनले १२ बीमा कम्पनीसँगको सहकार्यमा उनको उक्त बीमा पोलिसी बेच्न सफल भएका एजेन्सीले जनाएको छ । यो भन्दा अगाडि १०० मिलियन बीमाङ्कको बीमा पालिसीले विश्व रेकर्ड कायम गरेको थियो ।

डोभी फ्रान्सिस, अभिकर्ता

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS