IME Life

१४ कम्पनीको चार करोड ४० लाख कित्ता आइपीओ आउँदै, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा १४ कम्पनीले आवेदन दिएका छन् । १४ वटा कम्पनीहरुले कुल चार अर्ब ४० करोड ६५ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको चार करोड ४० लाख ६५ हजार ५ सय ९६ कित्ता शेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्

पाइपलाइनमा रहेका कुल १४ वटा कम्पनीमध्ये, ९ जलविद्युत् कम्पनी छन् । त्यस्तै तीन अन्य, एक मर्चेन्ट बैंक र एक इन्स्योरेन्स रहेका छन् । कूल बीमा मध्ये ठूलो हिस्सा पुनर्बीमा कम्पनीको छ ।

Prabhu
Crest

हालै नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने हाइड्रोपावर कम्पनीहरुको संख्या ९ रहेको छ । यी ९ कम्पनीहरुले कुल दुई करोड १३ लाख ४९ हजार तीन सय २० कित्ता शेयर निष्काशनका लागि बोर्डसँग अनुमति माग गरेका हुन् । आइपीओ निष्कानशको लागि बोर्डको अनुमति कुरेर बसेका यी ९ हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै सिंगटी हाइड्रो पावर कम्पनीको रहेको छ । कम्पनी ४३ लाख ५० हजार रुपैयाँ आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । सबैभन्दा थोरै शुभम् पावर कम्पनीको रहेको छ । जसको ५ लाख ८० हजार पाँच सय ८० कित्ता शेयर पाइपलाइनमा रहेको छ ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले आइपीओ निष्काशन गरिरहेका छन् । तर, हाइड्रोपावर कम्पनीहरुको बजार मुल्य भने घटिरहेको अवस्था छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता, एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ३३ लाख ९८ हजार ४६ कित्ता, सिबिआइएल क्यापिटलको तीन लाख कित्ता, इमर्जीङ नेपालको पाँच लाख कित्ता र सीइडिवी डेभलपमेन्ट कम्पनीको २५ लाख १८ हजार २ सय ३० कित्ता शेयर पाइपलाइनमा रहेको छ ।

हेरौ पाइपलाईनमा रहेका कम्पनीहरुले निष्काशन गर्न लागेको आईपीओको विवरण

                                                                            प्रस्तुती :नानु खड्का (निर्जला)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS