IME Life

जीवन बीमाः जोखिम र बचत दुवै बिक्री गर्ने सेवामूलक व्यवसाय हो

SPIL
NIC ASIA

प्रभा ज्ञवाली

बीमा सुरक्षा हो साथै बचत पनि । दैनिक जीवनमा खर्च गरिने सानो रकम बचाएर जीवन बीमा गर्न सकिन्छ । मान्छेहरुमा लागेको नराम्रो बानीहरुमा लाग्ने गरेको खर्च बचाएर पनि जीवन बीमा गर्न सकिन्छ । पान, खैनी, चुरोट खानेमा खर्च हुने पैसा मात्रै जम्मा गर्न सक्यो भने पनि ठुलो बीमाङ्कको नभए पनि सानो बीमाङ्क रकमको बीमा हुन्छ । जसले गर्दा उसको परिवारमा पर्न गएको आर्थिक जोखिमसँग सामना गर्न सहयोग गर्दछ ।

मानवीय जीवनमा जेखिम अनिश्चित हुन्छ । जति बेला पनि जोखिम पर्न सक्छ । कुनै परिवारमा आम्दानी गर्ने सदस्यको कुनै कारणबाट दुर्घटनामा परि मृत्यु भएमा वा अंगभङ्ग भएमा उसको परिवारमा आर्थिक संकट पर्न जान्छ । कमाउने मानिसको निधन भएपछि बाँकी रहेका आफन्तहरु शोकसँगै भोकमा पनि परेका धेरै उदाहरणहरु छन् । केही गरी त्यो व्यक्तिको मृत्यु नै भएमा परिवार धानेको मान्छे नै नभए पछि परिवारमा आर्थिक संकट आईपर्छ । त्यस्तो बेलामा बीमा कम्पनीले त्यो परिवारलाई परेको आर्थिक संकटलाई केहि हदसम्म सामना गर्न सँघाउ पुर्याउँदछ ।

Prabhu
Crest

अभिकर्ता पेशा सामाजिक पुण्यको पेशा हो । बीमा अभिकर्ता पेशा स्वतन्त्र पेशो हो । बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् । कम्पनीको तलवी कर्मचारीको रुपमा नभई निश्चित कमिशनको आधारमा बीमा अभिकर्ताले काम गर्ने गर्दछन् । बीमा कम्पनीका मेरुदण्ड नै बीमा अभिकर्ताहरु हुन् ।

अभिकर्ताहरुमा नैतिकता, धैर्यता र निष्ठावान जस्ता गुणहरु हुनुपर्दछ । मान्छेहरुले बीमा कम्पनीलाई भन्दा पनि अभिकर्ताहरुलाई बढी विश्वास गर्दछन् । त्यसैले लगनशिल, धैर्यता भई काम गर्न सक्ने खुवी, लचिलोपना, सरलता जस्ता गुणहरु एक बीमा अभिकर्तामा हुनुपर्छ । बोल्नसक्ने सक्ने क्षमता एक अभिकर्तामा हुनु पर्छ । सबै पेशाका आ—आफ्नै राम्रा अनि नराम्रा पक्षहरु रहेका हुन्छन् नै । राप र ताप नसहेको जिन्दगी के जिन्दगी । अभिकर्ता पेशामा काम गर्न सजिलो छ, मान्छेहरुलाई, बोलेकै भरमा कन्भिन्स गरेर नै मनग्गे आम्दानी गर्न सकिन्छ । अभिकर्ताले जोखिम र बचत दुवै बिक्री गर्ने सेवामूलक पेशा हो भने जीवन बीमा व्यवसाय सेवार बचत दुवै बिक्री गर्ने समृद्ध व्यवसाय हो । बीमा अवधिभरिको लागि कागज बेच्ने हो जस्तो मलाई लाग्छ ।

अभिकर्ता इमान्दार हुनुपर्छ । बीमितहरुले आफ्नो भविष्यमा काम गर्न नसक्ने अवश्थाका लागि भनेर जम्मा गरेको पैसा लिएर हिनामिना गरिदिनु हुँदैन । उनीहरुबाट संकलन गरेको रकम समयमै कम्पनीमा बुझाईदिनु पर्छ । एक सफल बीमा अभिकर्ताले आफ्नो बीमितलाई उसले गरेको बीमा अवधिभरि साथ दिनु पर्दछ । बीमीतलाई लोन चाँहिएको खण्डमा सहँज वातावरण सृजना समेत गरि दिनुपर्छ ।

अभिकर्ता पेशामा केही हुदैन भन्नेहरुले अभिकर्ता पेशाबाटै लोभलाग्दो वैभवशाली जीवन बिताएहरुबाट हामी केही सिक्न सक्छौं । मेरो आफ्नै कुरा गर्दा बीमा अभिकर्ता पेशामा आवद्ध भएर नै मैले समाजमा मान, सान पाउन सफल भए । त्यति मात्रै हैन् आर्थिक रुपमा समेत सशक्त भए । बीमा अभिकर्ता पेशामा आवद्ध भए पछि पब्लिक रिलेशन बढ्छ । सामान्य ज्याला मजदुरी गर्नेदेखि लिएर पहुँचवालसम्मका मान्छेहरुसँग चिनजान हुन्छ । आफुले चाहेका मान्छेहरुलाई सहजै भेट्न पाईन्छ । त्यति मात्रै कहाँ होर सबै तह र तप्काका मान्छेहरुसँग जोडिन पाईन्छ । अभिकर्ता पेशाले समाजमा चिनाउँछ, पहिचान बनाईदिन्छ ।
(ज्ञवाली, एलआईसी नेपालकी सिनियर एजेन्सी म्यानेजर हुन् ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS