स्वदेशी लघुवित्तका नवनियुक्त अध्यक्ष जोशीद्धारा सपथ ग्रहण

Citizen Life Insurance Co

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष लालमणी जोशीले सपथ ग्रहण गरेका छन् । अध्यक्ष जोशीले बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा आयोजित एक समारोहकाबीच निर्देशक रोशन कुमार सिग्देलबाट आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

संस्थाको पाँचौ बार्षिक साधारण सभाबाट संचालक निर्वा्चित भई संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रम पछि नवनियुक्त अध्यक्ष जोशीले नेपाल राष्ट्र बैंकले एक समारोहको आयोजना गरी सपथ ग्रहण गराएकोमा समारोहका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका निर्देशकलाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा स्वदेशी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाई, नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, नेपाल राष्ट्र बैंक विराटनगन का उप निर्देशकहरु तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार