Prabhu Life Ad Final

तीन कम्पनीले पठाए शेयरधनीको बैंक खातामा नगद लाभांश

IME PAY

काठमाडौं । तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएका हुन् ।

चौतारी लघुवित्तले मंसिर २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ । लघुवित्तको गत पुस ९ गते सम्पन्न लघुवित्तको साधारण सभाले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

NCHL

त्यसैगरी, निर्धन उत्थानले गत मंसिर २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १५.५३ प्रतिशत नगद लाभांश पठाएको जनाएको छ ।

पुस १३ गते सम्पन्न लघुवित्तको २१ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

गत पुस ११ गते २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले पनि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । फाइनान्सको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x