काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच औपचारिक रुपमा आज उद्घाटन गरेकी छिन् । दशरथ रंगशालामा आयोजित भव्य कार्यक्रमका बीचमा राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गर्दै नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गरेकी हुन् ।
भारत, चीन, जमैकासहित विश्वभरका करिब ४० देशका प्रतिनिधिहरु सहभागी कार्यक्रममा विविध सांस्कृतिक प्रदर्शनीहरु आयोजना गरिएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले भ्रमण वर्षको अवसर पारेर २० लाख पर्यटक भित्राउने लक्षय राखेको र अबको दश वर्षलाई पर्यटनको दशकको रुपमा अभियान सञ्चालन गर्नलाई सन् २०२० लाई आधार वर्षको रुपमा लिइएको बताईन् ।
उद्घाटन कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संसारकै अद्धितिय प्राकृतिक सम्पदायुक्त मुलुक भएको बताउँदै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।