काठमाडौं । सिद्धार्थ इन्स्यारेन्सले गण्डकी प्रदेशको पोखरामा “ संस्थागत सुशासन र पारदर्शिता, दावी भुक्तानीको सुनिश्चितता ” विषयक वीमा दावी सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दावी सम्वन्धि विषयमा वीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि , दावी भुक्तानी कार्यलाई प्रभावकारी वनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमा दावी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्शि वनाउने तर्फ लागि परेको बताए ।
कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावीसँग प्रत्यक्ष सलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।