धादिङबेसी । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नयाँ कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त कार्यक्रम धादिङबेसी अन्तर्गत होटल आर के बैङक्वेटस धादिङबेसीमा सम्पन्न गरेको जनाइएको छ ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले पानसमा दिप प्रजवल्लन गरी गरेका हुन् । कार्यक्रममा प्रमुखकार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ६७ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नयाँ कर्मचारीहरुलाई स्वागत गर्दै नियुक्ति तथा पदस्थापनको साथै कर्मचारीहरुलाई प्रशिक्षण अवधीमा राम्रोसंग तालिम लिई नमुना कर्मचारीको रुपमा विकास गर्न शुभकामना तथा बधाई समेत दिए ।