IME Life

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन हुँदै, बीमा कम्पनीहरु सहभागी हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपालले आजदेखि मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को भव्य र विशाल कार्यक्रमका बीच काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट उद्घाटन हुँदैछ । बुधबार विहान प्रदेश सरकारहरुले प्रदेशमा राजधानीमा कार्यक्रम गरी उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० को केन्द्रीय तहमा आज साँझ दशरथ रंगशालामा भव्य कार्यक्रम गरी उद्घाटन गर्न लागिएको हो । आज अपरान्ह ५ः०० बजे औपचारिक कार्यक्रम गरी उद्घाटन हुँदैछ ।

Prabhu
Crest

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्दैछन् । भारत, चीन लगायतका ४० वटा देशका विशिष्ट अतिथिहरु सहभागी हुने कार्यक्रममा बीमा कम्पनीका कर्मचारीहरुले सहभागिता जनाउँदैछन् । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बीमा कम्पनीहरुलाई नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गरेर भ्रमण वर्षको उद्घाटन सत्रलगायतका कार्यक्रममा सहभागिता जनाउन निर्देशन दिएको बताए ।

बीमा कम्पनीहरुले आजको कार्यक्रममा स्वतन्त्र रुपमा सहभागिता जनाउनेछन् भने वर्षभरि नै भ्रमण वर्षका कार्यक्रमहरुमा सहभागिता जनाउने बीमा समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS