विभिन्न कार्यक्रम गरी मनायो सिभिल बैंकले नवौं वार्षिकोत्सव

Citizen Life Insurance Co

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा देशका बिभिन्न स्थानमा सामाजिक सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने उक्त कार्यक्रमबाट संकलन भएको कुल १३५४ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

त्यस्तै बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ भने लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार