नयाँ वर्षको अवसरमा भायानेटको “ट्रिपल ट्वान्टी अफर”

Citizen Life Insurance Co

काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” योजना ल्याएको छ ।

नयाँ वर्षको सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २० एमबिपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो । यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक रु. ११,४०० मा उपलब्ध छ ।

जसमा २५०ं च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार