काठमाडौं । सरकारले आर्थिक वर्ष २०७०।०७१ बाट सुरु गरेको कृषि बीमामा किसानहरुको आकर्षण बढ्दै गइरहेको छ । बाली तथा पशुपंक्षी बीमामा कृषकहरुको आकर्षक बढेसँगै दाबी भुक्तानीमा पनि बढ्दै गईरहेको छ ।
निर्जिवन बीमा कम्पनीहरुले बीमा समितिलाई कषि बीमाको लागि जिल्ला निधारण गरिदिएको छ । कृषि बीमालाई अझ विस्तारित रुपमा बढाउनको लागि बीमा समितिले गत बर्ष प्रत्येक कम्पनीलाई जिल्ला निर्धारण गरिदिएको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७१।७२ को तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा अन्तर्गत ६ करोड १६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०७२।७३ को असार मसान्तसम्ममा बीमा कम्पनीहरुले कृषि बीमा अन्तर्गत १५ करोड ९५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो ।
त्यसैगरि आर्थिक बर्ष २०७३।७४मा निर्जिवन बीमा कम्पनीहरुले २५ करोड ५८ लाख रुपैयाँँ, आ.व २०७४।७५ को असारमसान्तसम्ममा ३१ करोड ६२ हजार रुपैयाँ र आर्थिक बर्ष २०७५।७६ को असारमसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुमा ५६ करोड ७६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।