सोह्रखुट्टेमा डरलाग्दो दुर्घटना, आधा दर्जन सवारीमा क्षति

Citizen Life Insurance Co

काठमाडौं । राजधानी काठमाडौंको सोह्रखुट्टेमा आज अपरान्ह भएको डरलाग्दो सवारी दुर्घटनामा आधा दर्जनभन्दा बढि सवारी साधनमा क्षति पुगेको छ । पानी बोक्ने पुरानो ट्याङ्कर ब्रेक फेल भएर भएको दुर्घटनामा छ वटा सवारीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सोह्रखुट्टेको ओरालोमा ब्रेक फेल भएपछि अनियन्त्रित भएको बा३ख ९४५० ट्याङ्करले आफूभन्दा अगाडि गुडिरहेका बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घट्नामा केही घाइते छन् । ट्याङ्करले सडक किनारामा रहेको एक घरमा पनि ठक्कर दिएको छ ।

घट्नामा मानवीय क्षति नभर्एको प्रहरीको भनाई छ । यद्यपि सार्वजनिक सवारी साधन र निजि सवारी साधनमा क्षति पुगेकाले तेस्रो पक्ष बीमा र सवारी बीमा दावी पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार