SKIP THIS

IK Anniversary
IME Life

मन्त्रिपरिषद पुग्दै धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया, सम्भवतः सोमबारभित्रै नयाँ अध्यक्ष

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार सम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन गर्ने विषय अब मन्त्रिपरिषदमा पुग्ने भएको छ । नयाँ अध्यक्ष चयन प्रक्रियामा कुनै अबरोध नआएमा आगामी सोमबार अथवा अर्को बिहिवारसम्ममा नयाँ अध्यक्ष चयन हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

सेबोनमा अध्यक्ष चयनका लागि गठन गरेको समितिले सोमबार अर्थमन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयले सेबोनमा नयाँ अध्यक्ष चयन प्रक्रियाको फाईल मन्त्रिपरिषद पठाउने प्रक्रिया अघि बढाइसकेको छ । अर्थ मन्त्रालयले प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद बैठकमा पेश गरेपछि मन्त्रिपरिषदबाटै सो सम्बन्धमा निर्णय हुनेछ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुँगाना र आइक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्ति गर्नेछ ।

Prabhu
Crest

समितिले बोर्डका सदस्य भीष्मराज ढुँगाना, बोर्डकै डाइरेक्टर निरज गिरी र व्यवस्थापनमा पिएचडी सकेर म्यानेजमेन्ट कन्सल्ट्यान्टको रुपमा काम गर्दै आएका डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । आवेदन दिएका कूल आठ जना मध्ये पाँच जनाको मात्रै नाम सर्टलिष्टमा समावेश गरिएको थियो । सो मध्ये पनि डा. नवराज अधिकारी र सीताराम थपलियालाई छोडेर बाँकी तीन जनाको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार ढुंगाना र गिरी मध्ये एक जनाले सेबोनको अध्यक्ष पद पाउने सम्भावना बलियो छ । ढुंगानालाई अध्यक्ष बनाउन सेबोनको बोर्ड सदस्य बनाइएको चर्चा यसअघि नै चलेको थियो । नयाँ गभर्नर समेत नियुक्ती गर्ने समय आइसकेको हुँदा भागबण्डामा मिलान गर्न ढुंगानालाई ल्याइएको चर्चा चलेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS