मेरो माइक्रोफाइनान्सद्धारा स्वास्थ्य शिविर सम्पन्न

Citizen Life Insurance Co

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त एक दिने स्वास्थ्य शिविर कार्यक्रम सिराहाको गोलबजारमा सम्पन्न भएको जनाइएको छ ।

संस्थाको अनुगमन कार्यालय असनपुरका साथै आर के मेडिसिटि, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा ३ सय भन्दा बढीले लाभ लिएको संस्थाले जनाएको छ ।

एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघर सम्बन्धी बिभिन्न रोगहरुको टेष्ट गर्नुका साथै औषधी वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार