Prabhu Life Ad Final

यूनाइटेड इन्स्योरेन्सको हकप्रद सबै बिक्री, एक्सेल डेभलपमेन्ट बैंकले मार्यो बाजी

IME PAY

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरको लिलाम आज खोलिएको छ । कूल एक लाख ५७ हजार छ सय ४९ कित्ता शेयर लिलामीका लागि आह्वान गरिएको बोल कबोलमा एक्सल डेभलपमेन्ट बैंकले बाजी मारेको छ । यसअघि ५० हजार कित्ता सर्वसाधारण शेयर आफ्नो पोल्टामा पारेको एक्सेलले यस पटक ९६ हजार कित्ता  संस्थापक शेयर आफ्नो पक्षमा पार्न सफल भएको छ ।

लिलामीमा कूल १५ वटा व्यक्ति तथा कम्पनीहरुले सहभागिता जनाएका थिए । काठमाडौंबाट १३ जनाले भाग लिएको उक्त बोलकबोलमा पोखराबाट र बिर्तामोडबाट एक/एक आवेदन परेको थियो ।

NCHL

लिलाम गरिएको शेयर सकार्ने बढिमा सात जनाले शेयर पाएको एनएमबी क्यापिटलले जनाएको छ । न्यूनतम कटअफ मूल्य १११ रुपैयाँ ११ पैसा भएको एनएमबी क्यापिटलका कम्पनी सचिव कमल प्रसाद नेपालले बताए । आवेदकले बढिमा एक १२६ रुपैयाँ कबोल गरेर लिलामीको शेयर सकार्न आवेदन दिएका थिए । १११ रुपैयाँ ११ पैसाभन्दा माथि मूल्य तोक्ने सबैले शेयर पाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x