IME Life

विश्वका १० ठुला बीमा कम्पनीहरु

SPIL
NIC ASIA

एआईए ग्रुप  AIA Group Ltd

प्रधान कार्यालय हङकङमा रहेको एआईए ग्रुप सन् १९१९ मा सिंगापुरमा स्थापना भएको कम्पनी हो । कम्पनीले चीन, अस्ट्रेलिया, कम्बोडिया, न्यूजिल्याण्ड, भारत गरी १८ देशहरुमा व्यवसाय विस्तार गरेको छ । सन् २०१८ डिसेम्बर ३१ मा कम्पनीको सम्पत्ति २ सय ३० विलियन अमेरिकि डलर रहेको थियो ।

Prabhu
Crest

 

एआइजी AIG


८० देशमा व्यवसयाय विस्तार गर्दै आएको एआइजी कम्पनी सन् १९१९ साँघाईमा स्थापनाा भएको कम्पनी हो । कम्पनीको प्रधान कार्यालय न्यूओर्क सिटिमा रहेको छ ।

एलियान्जे एसई Allianz SE


७० देशहरुमा बीमा सेवा दिँदै आएको एलियान्जे कम्पनीको प्रधान कार्यालय जर्मनिमा रहेको छ । एलियान्जे कम्पनी सन् १८९० मा स्थापना भएको कम्पनी हो । कम्पनीले स्वास्थ बीमा, सम्पत्ति बीमा र जीवन बीमासम्बन्धि सेवाहरू प्रदान गर्दै आईरहेको छ ।

एक्स ए AXA


यो कम्पनी सन् १८१६ मा स्थापना भएको हो । ५६ देशहरुमा १ सय २ मिलियन भन्दा बढी ग्राहकहरु रहेका छन् । यस कम्पनीले १ लाख २५ भन्दा बढीलाई रोजगारी दिईरहेको छ ।

बक्सर हाथवे Berkshire Hathaway


सेयरका बादशाह वारेन बफेटको कम्पनी बक्सर हाथवे कम्पनीका बीमा सम्बिन्ध काम गर्ने थुप्रै सहायक कम्पनी रहेका छन् । जस्तै, बक्सर हाथवे रि इन्स्योरेन्स ग्रुप, बक्सर हाथवे प्राइमरी ग्रुप, जनरल रि जस्ता रहेका छन् ।

चाइना लाइफ इन्स्योरेन्स  China Life Insurance


सन् १९४९ मा स्थापना भएको चाइना लाइफ सरकारी स्वामित्वको रहेको कम्पनी हो । बजार पूँजीकरणको आधारमा विश्वको सबैभन्दा ठुलो जीवन बीमा कम्पनी हो । यो कम्पनीको शेयर हङकङ स्टक एक्सचेञ्ज, साँघाई स्टक एक्सचेञ्ज र न्यू ओर्क स्टक एक्सचेञ्जमा कारोबार हुन्छ । कम्पनीले जीवन बीमा, पेन्सन योजना र सम्पत्ति व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।

आइएनजी ग्रुप ING Group


आईएनजी ग्रुप सन् १९९१ मा स्थापना भएको कम्पनी हो । ४० देशबाट बीमा सेवा प्रदान गर्दै आईरहेको कम्पनीका ३७ मिलियन ग्राहकहरु रहेका छन् ।

पिङ एन अफ चाइना Ping An of China

पिङ एन अफ चाइना सन् १९८८ मा स्थापना भएको कम्पनी हो । कम्पनीका पिङ एन लाइफ, पिङ एन प्रोपटि एण्ड क्याजुल्टि, पिङ एन एन्युटि, पिङ एन हेल्थ लगायतका सहायक कम्पनीहरु रहेका छन् ।

मेट लाइफ MetLife


६० देशबाट बीमा सेवा प्रदान गर्दै आईरहेको मेट लाइफसँग ९० मिलियन ग्राहकहरु रहेका छन् । नेपालमा पनि यसले व्यवसाय गर्दै आएको छ ।

यूनाइटेड हेल्थ ग्रुप  United Health Group

संयुक्त राज्य अमेरीकाको यो कम्पनीले १ सय २५ मुलुकबाट सेवा प्रदान गर्दै आईरहेको छ । ११५ मिलियन भन्दा धेरै ग्राहक रहेका छन् । यो कम्पनी अमेरीकाको स्वास्थ्य बीमा क्षेत्रको अग्रणी कम्पनी हो ।

श्रोत : इन्भेस्टोपेडिया 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS