IME Life

ठूला उद्यमीहरु बाग्लुङमा जमघट, लगानीबारे बहस

SPIL
NIC ASIA

काठमाडौं । मध्य नेपालको बाग्लुङ्का देशका ठूलो घरानाका उद्यमीहरु जमघट गर्दै लगानीबारेमा बहस गरेका छन् । बागलुङ महोत्सवको अवसर पारेर देशका ठूला लगानीकर्ताहरुले शुक्रबार लगानीबारे जमेर बहस गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघकै अर्का उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र भाटभटेनी गु्रपका अध्यक्ष मीनबहादुर गुरुङ, प्रभु बैंकका सिईओ अशोक शेरचनलगायतका एक दर्जन ठूला र स्थानीयसहित करिद दुई सय व्यवसायीहरु सहभागी लगानी बहसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको उपस्थिति रहेको थियो । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका संस्थागत लगानीकर्ताहरु बाग्लुङ पुगेर लगानीको सम्भावनाबारे बहस गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा बाग्लुङमा कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारमा सम्भावना रहेको चर्चा गरियो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन आफैले जिल्लाका लगानी सम्भावनाबारे चर्चा गरेका थिए ।

आईएमई लाईफ तथा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका मुख्य प्रबर्तक रहेका आइएमई गु्रपका अध्यक्ष समेत रहेको महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बाग्लुङमा पर्यटनसम्बन्धी लगानीका लागि काम गरिरहेको र केवलकारको सम्भावना देखेको बताए । यसैबीच, आईएमई ग्रुपका उपाध्यक्ष चन्द्र ढकालले बाग्लुङबाटै आगामी निर्वाचनमा नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS