काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले घुम्ति बीमा सेवा सञ्चानमा ल्याएको छ । मंसिर २४ गते बीमा समितिबाट जारी “शाखा रहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” वमोजिम आवश्यक सम्पूर्ण सामाग्री सहित एक मोवाइल भ्यानमार्फत घुम्ती बीमा शुरु गरेको आइएमई जनरल इन्स्योरेन्सले जनाएको छ ।
कम्पनीले ग्राहकहरुलाई आवश्यकतानुसार घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा शुरु गरेको जनाएको छ ।
सेवाको शुवारम्भ गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिृकत युगेशभक्त बादे श्रेष्ठले हाल काठमाण्डौं उपत्यका भित्र कम्पनीको शाखा नरहेको विभिन्न स्थानहरुमा घरदैलेमा नै गएर यो सेवा प्रदान गरिने बताए । घुम्ती बीमाबाट प्राप्त नतिजाका आधारमा भविष्यमा अन्य स्थानहरुबाट पनि यो सेवा प्रदान गर्ने जानकारी दिए ।