Connect IPS
IME Life

३८ बीमा कम्पनीको साधारणसभा पुसभित्र नहुने, अजोडको भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका जुनसुकै प्रकारका कम्पनीहरुको अघिल्लो आर्थिक वर्षको बार्षिक साधारणसभा हरेक पुस मसान्तभित्रका गर्नुपर्ने नियम छ । तर, नेपालमा बीमाको कारोबार गर्दै आएका ३९ वटा बीमा कम्पनी मध्ये ३८ वटा बीमा कम्पनीका गत आर्थिक वर्षको साधारणसभा पुस मसान्तभित्र नहुने निश्चित भएको छ ।

Prabhu
Crest

अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । कूल ३९ वटा बीमा कम्पनी मध्ये एक मात्र कम्पनीले कम्पनी ऐन २०६३ बमोजिमको तोकिएको समयभित्र साधारणसभा गर्न सफल भएको छ ।

साधारणसभा नगर्ने कम्पनीहरुमा १९ वटा निर्जिवन बीमा कम्पनी छन् भने १९ वटै जीवन बीमा कम्पनीहरु छन् । बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनमा समय लाग्ने हुँदा साधारणसभा ढिलाई हुने गरेको बीमा कम्पनीहरुको गुनासो छ । बीमाङ्कीय मूल्याङ्कनको बाहानामा केही बीमा कम्पनीहरुले दुई आर्थिक वर्ष पुरानो साधारणसभा गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS