IME Life

चार वर्षमा पुनर्निर्माणको ८३% प्रगति

SPIL
NIC ASIA

काठमाडौं । २०७२ सालको भुकम्पपछि ध्वस्त भएको संरचना पुनः निर्माण गर्ने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा ८३ प्रतिशत प्रगति भएको जनाएको छ । २०७२ सालको भूकम्पबाट सबैभन्दा बढी क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवनहरु र सुरक्षा निकायका भवनहरुको पुनर्निर्माण औषतमा ८३ प्रतिशत प्रगति भएको दावी गरेको हो ।

प्राधिकरणले स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा ६ वटा क्षेत्रमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएको हो ।पुननिर्माण सम्पन्न भएका र बन्दै गरेका सहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल गरेको र निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १ सय ६५ लाभग्राहीमध्ये हालसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिरणले जनाएको छ ।

Prabhu
Crest

जुन अनुदान सम्झौता गरेका उल्लेखित लाभग्राहीको ६२ प्रतिशत हो ।१ लाख ८९ हजार ४१ वटा घर बन्दैछन्, यो २४ प्रतिशत हो । निजी आवास सम्बन्धी करिव चार लाख गुनासो सुनुवाइ गरेको छ । कुल ११ सय ९७ वटा मध्ये ६ सय ६५ स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सकिएको छ । १ सय ४९ वटा बन्दैछन् । पूर्ण र आंशिक रुपमा क्षति भएका कुल ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ४९ वटाको काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

यस अवधीमा ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृति भइसकेको छ । त्यसमध्ये २२ वटाको काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । पुननिर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मी. सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि.मी. सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि.मी. सडकको पुनर्निर्माण भइरहेको छ ।पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको प्रधिकरणले जनाएको छ ।

प्राधिरणलाई पुनर्निर्माणका बाँकी कार्य सम्पन्न गर्न करिव ३ खर्ब रुपैयाँ आवश्यक रहेको र जसमा यस आर्थिक बर्षभित्र तय गरिएका कार्यक्रमहरुको कार्यान्वयनका निम्ति कम्तिमा ३४ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS