IME Life

मलेसियामा कामदारको न्यूनतम तलब २०% ले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । मलेसियामा कार्यरत मजदुरहरुको तलब २० प्रतिशतका दरले बृद्धि गरिएको छ । तलब बृद्धिसँगै न्यूनतम तलब एक हजार दुई सय रिंगेट पुगेको छ । तलब बृद्धि गरेपनि बीमा लगायतको सुविधा नदिएको भन्दै आप्रबासी कामदारहरु असन्तुष्ट रहेको जनाइएको छ ।

यसअघि एक हजार रिंगेट रहेकोमा तलब बृद्धिसँगै चार लाख हाराहारी नेपाली कामदार रहेको मलेसियामा नेपालीहरुले समेत ठूलो लाभ प्राप्त गर्नेछन् भने नेपाल भित्रने रेमिट्यान्स समेतमा बृद्धि हुनेछ ।

Prabhu
Crest

मलेसियाका मानव संशाधन मन्त्रालयले हिजो एक बक्तव्य जारी गर्दै मजदुरको न्यूनतम तलब १२०० रिंगेट लागू गरेको जनाएका छ । मलेसिया सरकारको बक्तव्यसँगै देशका मुख्य मुख्य ५७ वटा शहरमा काम गर्ने कामदारहरुले लाभ पाउनेछन् । गत डिसेम्वर ६ का दिन मलेसिया सरकारको मन्त्रिपरिषदको बैठकले तलब बृद्धिको निर्णय गरेको जनाएकोे छ । तलब बृद्धिसँगै जोहोरबारु, पेनाङ, पुतराजया, क्लाङ, क्वान्तान लगायतका क्षेत्रमा कार्यरत आप्रबासी कामदारले लाभ प्राप्त गर्ने मलेसियाको स्थानीय पत्रिकाले जनाएको छ ।

यद्यपि मलेसिया सरकारले यसअघि कामदार समक्ष एक हजार पाँच सय रिंगेट पुर्याउने प्रतिबद्धता गरेर दुई सय मात्रै बृद्धि गरेको भन्दै असन्तुष्टि जनाएका छन् । न्यूनतम तलब बृद्धिसँगै ओभरटाईमसहितको तलबमा बृद्धि हुँदा मलेसिया कार्यरत कामदारहरुको तलबमा २५ प्रतिशतसम्म बृद्धि हुने अनुमान गरिएको छ ।

तलब बृद्धि गरेपनि कामदारहरुको बीमा सुविधा लगायतका विषयमा निर्णय नगरेको आरोप कामदाहरुले लगाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS