IME Life

बैंकर रामको घर आगो लागेर ध्वस्त, बीमा नगर्दा पछुतो

SPIL
NIC ASIA

मध्यम वर्गीय परिवारमा जन्मिएको राम सपनाको शहर काठमाडौँ आएको करिब करिब १०/१२ वर्ष भयो । गाउँमै व्यस्थापन संकायमा प्लस टु सकाएको राम शहर उच्च शिक्षा हासिल गर्ने सपना लिएर आएको थियो । उसको सानैदेखि बैंकिङ क्षेत्रमा जागिर गर्ने सोच थियो । बैंकिङ करियर र उच्च शिक्षा हासिल गर्ने सपनालाई अगाल्दै रामले जन्मदिने आफ्ना बा, आमा र आफु जन्मे, हुर्केको ठाउँलाई छोडेर शहर पसेको थियो ।

शहर आएर राम कलेज भर्ना भयो । स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरेपछि उसले बैंकमा जागिर गर्न लाग्यो । राम आफ्नो पढाईसँगै जागिरलाई निरन्तरता दिँदै गयो । इमान्दार र मेहनती रामले मेहनतको कमाई बैंकमा बचत गर्दथ्यो । केही वर्षपछि उसले सानो घर बनायो ।

Prabhu
Crest

दैनिकी चल्दै थियो । जागिरसँगसँगै पढाईलाई पनि डोर्याएर अगाडि बढ्दैछ । सम्पत्तिको नाममा उसको बल्ल तल्ल जोडेको त्यहि घर मात्रै थियो । मेहनत गरेर कमाएको सबै रकम त्यहि घरमा खन्याएको थियो । रकमले अभाव हुन थालेपछि उसले घर भाडामा दियो । पहिलो तल्लामा विषादी तथा कृषि उत्पादनका सामग्रीहरुको लागि भाडामा दिएको थियो ।

अचानक एक दिन रामको घरमा भाडामा दिएको पसलमा आगोलागी हुन्छ । विषादी र केमिकलको कारण उसको घर जलेर खरानी हुन्छ । रामको घर आगोलागिबाट तहसनहस भएपछि उ पहिलेकै अवस्थामा फर्किन्छ । आफ्नै घर नजिकै डेरा गरी बस्न थाल्दछ । उ पागल जस्तै हुन्छ । नहोस् पनि कसरी आफ्नै अघि उसको सबैथोक जलेर सकिएको थियो । राम रमाएर बसेको घर आगो लागेर खरानि भएको थियो । चिटिक्क सजिएको रामको सुन्दर घर तहसनहस पलमै भएको थियो ।

५० लाख पर्ने आफ्नो घर जलेर खरानी भएपछि राम अब के गर्ने भन्ने दोधारमा थियो । चाहेर पनि उसले अब त्यो घर फर्काउन सक्ने अवस्था थिएन । घर जलेर सकियो भन्दैमा रोई, कराई बसेर मात्र केही हुँदैन थियो पनि । जलेको घरको भग्नावशेषले उसलाई पुनः नयाँ घर सिर्जना गर्ने दवाव मनभित्रैबाट परिरहेको थियो । आफू स्वयम् बैंकमा काम गर्ने रामले अब आफै काम गर्ने बैंकबाट ऋण लिएर घर बनाउने सोच बनायो । नभन्दै बैंकबाट तलबको १४४ प्रतिशत ऋण पनि सजिलै पाउने भएपछि अब प्रक्रिया सुरु गर्यो । बैंककै साथै घरको बीमा गर्नुपर्ने कुरा गरे ।

जब बैंकमा ऋण प्रक्रिया पूरा गरी बीमा गर्ने चरणमा पुग्यो, त्यसपछि राम छाँगाबाट खसे झै भयो । ५० लाख रुपैयाँको उसको घरको बीमा शुल्क दुई हजार रुपैयाँ समेत परेन । बीमा कम्पनीले १० प्रतिशत छुट दिँदा बार्षिक दुई हजार ३४ रुरपैयाँले घरको सम्पूर्ण जोखिम बहन भयो । उसलाई पश्चाताप भयो, बैंकमा काम गरेर पनि घरको बीमाको बारेमा सामान्य ज्ञान नहुँदा जीवनका महत्वपूर्ण समयमा आर्जन गरेर जोडेको सम्पत्ति आगोलागीबाट क्षणभरमै ध्वस्त भएको सम्झियो । एकै दिन रेष्टुराँमा खाजा खान समेत नपुग्ने पैसाले आफ्नो सिंगो घरको जोखिम बहन हुने कुराको ज्ञान नभएर आफ्नो त्यत्रो सम्पत्ति स्वाहा भएकोमा राम निकै दुःखी भयो । घर जल्दा एक पटक अत्यन्तै दुःखी भएको राम आज पुनः त्यति सानो रकम शुल्कबापत तिरेर बीमा नगरेका कारण दुःखी भयो ।

रामलाई उसको साथिले निर्जीवन बीमाको बारेमा बुझाउदै भन्छ, “निर्जीवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गर्दछ । सामन्यतया चल÷ अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदिको गरिने बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तरगत पनि दुर्घना, औषधीपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायतको बीमा हुन्छ ।”

“उ रामलाई सम्झाउदै भन्छ, नेपालमा २० वटा निर्जीवन बीम कम्पनी सञ्चालनमा रहेका छन् । तिमिले तिम्रो ५० लाखको घरको बीमा गर्नका लागि धेरै रकम छुट्याउनु पनि पर्दैन थियो । त्यसका लागि तिमिले वार्षिक रुपमा लगभग २ हजार रुपैयाँ बुझाएको भए आज तिम्रो यस्तो हालतमा तिमिले कुन कम्पनीमा तिम्रो घरको बीमा गरेका थियौँ नि त्यो बीमा कम्पनीले तिम्रो घरको जोखिमको मुल्याङ्कन गरी क्षतिपूर्ति दिन्थ्यो । ”

बीमा सचेतनाका लागि तयार पारिएको बीमा शिक्षा । यस कथाका पात्र र घटना सबै काल्पनिक हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS