६० करोडको आइपीओ निष्काशनको तयारीमा प्रभु लाइफ

Citizen Life Insurance Co

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ६० करोडको आइपीओ निष्काशनको तयारीमा रहेको छ । तीन नयाँ शाखा विस्तारको कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि ६० करोडको शेयर निष्काशन गर्ने तयारीमा रहेको जानकारी दिए ।

प्रभु लाईफ इन्स्योरेन्सले आफ्ना तीन नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । कम्पनीले सुर्खेत शाखा, टिकापुरउप–शाखा तथा अत्तरिया उप–शाखा संचालनमा ल्याएको हो । खुर्खेत, टिकापुर तथा अत्तरिया तीन वटै कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरले गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष डा. घिमिरले शाखाहरु विस्तारको क्रममा रहेको र अन्य जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार