बीमा कम्पनीका कर्मचारीलाई कालोधन रोक्ने तालिम अनिवार्य

Citizen Life Insurance Co

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सहयोग पुग्ने तालिममा अनिवार्य सहभागी गराउन निर्देशन दिएको छ । आइतबार बीमा समितिले नेपाल बीमक संघ र प्रस्तावित जीवन बीमक संघका पदाधिकारीहरुसँगको छलफलको क्रममा यस्तो निर्देशन दिएको हो ।

आइतबार विहान भएको छलफलमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सबै बीमा कम्पनीका सम्पत्ति शुद्धिकरण विभागमा काम गर्ने कर्मचारीहरुलाई अनिवार्य तालिममा सहभागी गराउन निर्देशन दिएका हुन् । दुवै संघका पदाधिकारीमार्फत तालिम अनिवार्य गराउन निर्देशन दिएको हो । –फाईल तस्विर

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार