IME Life

बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढ्यो, तीन सदस्यीय कार्यदल गठन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको नेतृत्वमा बीमा सूचना केन्द्र स्थापना गर्ने सम्बन्धी काम अघि बढेको छ । बीमा कम्पनीमा गलत कार्य हुन नदिन छुट्टै कम्पनी स्थापना गरी सबै बीमा कम्पनी र बीमा समितिबीच सूचना आदान प्रदान गर्ने गरी नयाँ कम्पनी स्थापनाको प्रक्रिया अघि बढेको बीमा समितिले जनाएको छ ।

आइतबार बीमा समितिले बीमा सूचना केन्द्रको मोडालिटी तयार गर्नका लागि एक कार्यदल गठन गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल संयोजक रहेको कार्यदलमा निर्जिवन बीमा कम्पनीहरुको तर्फबाट सञ्चित बज्राचार्य र जीवन बीमा कम्पनीहरुको तर्फबाट प्रकाश खत्री सदस्य रहेका छन् । उक्त कार्यदलले सूचना केन्द्र सञ्चालन सम्बन्धी खाका तयार गर्ने बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

Prabhu
Crest

बीमा कम्पनीका अनुसार ४० वटा बीमा कम्पनी र बीमा समिति सहित गरी कूल ४१ वटा स्टेक होल्डरको लगानीमा सञ्चालन हुन लागेको बीमा सूचना केन्द्रमा कसले कति लगानी गर्ने भन्ने सम्बन्धमा अन्तिम निर्णय भइसकेको छैन । सबै बीमा कम्पनीहरुले एक–एक लाख रुपैयाँ लगानी गर्ने भनिए पनि कम्तीमा दुई लाख रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको छ । सञ्चालनको मोडालिटी तयार गरिसकेपछि पुँजि लगानीको विषयमा छलफल हुनेछ ।

सूचना केन्द्र स्थापनापछि खराब बीमितबारे सबै बीमा कम्पनीहरुले सजिलै सूचना पाउनेछन् । बीमा क्षेत्रलाई गलत नियत साथ पटक–पटक झुक्याउने बीमितबाट बचाउन यस्तो सूचना केन्द्र स्थापना गर्न लागिएको हो । सूचना केन्द्र स्थापनापछि कालोधन लगानी प्रशोचनमा समेत सहयोग पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS