Prabhu Life Ad Final

सामान्य अंकले बढ्यो नेप्से, ३७ करोडमाथिको कारोबार

IME PAY

काठमाडौं । आज सातको पहिलो दिन शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेप्से १ दशालव १७ अंकले बढेर १,१५० दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज होटल, विकास बैंक, उत्पादनमुलक, माइक्रोफाइनान्स, म्युचल फण्ड तथा अन्य उपसूचक बढेका छन् भने अन्य बाँकी उपसूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक ३ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा १ सय ६७ कम्पनीको १४ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३७ करोड ४४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । सिवम् सिमेन्टको सबैभन्दा धेरै ४ करोडमाथिको कारोबार भएको छ ।

NCHL

त्यस्तै, एनएमबि बैंकको ३ करोड ३३ लाखको कारोबार भएको छ । नेपाल बैंक र नबिल बैंकको २ करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक, सूर्या लाइफ र ज्योती विकास बैंक प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिवम् सिमेन्टका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतका दरले गष्ुमाएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x