IME Life

मिर्मिरे लघुवित्तको साधारण सभा पुस २८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा पुस २८ गते बस्ने भएको छ । सभा मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेल–३ काभ्रेपलान्चोकमा बिहान ११ बजे सुरु हुने जनाएको छ ।

सभा प्रयोजनका लागि मिर्मिरेले पुस १८ देखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

सभामा कम्पनीले ४७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.३६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा संस्थापक समूहको ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा छ । यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

त्यस्तै, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने प्रस्ताव रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS