IME Life

हेरचार डटकमको साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हेरचार डटकमको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौ कमलपोखरीको काजी दरबार होटलमा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ।व। २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव पारित गर्दै लेखा परिक्षक नियुक्तिको निर्णय गरेको छ ।

Prabhu
Crest

२०७४ कार्तिक १४ गते काठमाण्डौमा स्थापना भएको कम्पनीले घर, कर्पोरेट अफिस, उद्योग व्यवसायीक प्रतिष्ठान र व्यतिगत घर भित्र बत्ती, प्लम्विङ्ग, मर्मत संभार, घरेलु प्रयोगका सामान सप्लाई, सरसफाई, रंग रोगन, मोडिफिकेशन लगायत आवश्यक पर्ने सबै प्रकारका सेवा प्रदान गर्ने गरी सम्पुर्ण हैन्डीम्यान सेवा दिने लक्ष्य लिएको छ ।

१ करोड ५० लाख पूँजीमा स्थापित यस कम्पनीले काठमाण्डौमा हाल १५० भन्दा बढी कर्पोरेट हाउस बैँक, बीमा, एन्जिओ, राजदुतावास, मल्टिनेशनल कम्पनी, ‍औद्यगीग व्यवसायिक प्रतिष्ठान र व्यक्तिलाई सेवा प्रदान गरिरहेको छ ।

कम्पनी स्थापनाको ५ बर्ष भित्र उपत्यकाका दश हजार घर र व्यवसायिक प्रतिष्ठानलाई सदस्य बनाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले आ।व। २०७६।७७ को चार महिनामा आफ्नो गुणस्तरीय र विस्तारित सेवाबाट पाँच लाख भन्दा वढी संचालन मुनाफा कमाईसकेको छ। प्रत्येक व्यक्ति र संस्थालाई आवश्यक यो सेवा संस्थागत रुपमा प्रयोग गर्ने ग्राहकहरुको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ ।

कम्पनीले कारोबार विस्तारको क्रममा छिट्टै फेन्चाइज मोडेलमा बुटवल, पोखरा, विरगंज, भरतपुर र विराटनगरमा हेरचार डटकमको कारोबार संचालन गर्ने निर्णय गरिसकेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS