अजोड इन्स्योरेन्सले पुष १७ गतेदेखि बीमा अभिकर्ता तालिम संचालन गर्दै

Citizen Life Insurance Co

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले प्रदेश नं २ र ३ लाई समेट्ने गरी उक्त तालिम संचालन गर्न लागेको जनाएको छ ।

उक्त तालिम पुष १७ गतेदेखि १९ गतेसम्म चल्नेछ । तालिम बिहान ९ बजेदेखि शुरु हुनेछ भने तालिम नयाँ मार्ग हेटौडा मकवानपुरमा हुने जनाएको छ ।

तालिममा सहभागी हुन एसएलसी वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले पसष १५ गतेसम्म सम्पर्क गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार