Prabhu Life Ad Final

४ कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन

IME PAY

काठमाडौं । आज नेप्सेमा ४ कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । बोनश शेयरपछि मुल्य समायोजन हुने कपनीहरुमा एनएमबि बैंक, एभरेष्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी हुन् ।

नेप्सेले एनएमबिको २१ प्रतिशत बोनस शेयरपछिको मुल्य समायोजन गरी प्रतिकित्ता ३३२ रुपैयाँ २३ पैसा कायम गरेको छ ।

NCHL

नेप्सेले एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४१ रुपैयाँ ९० पैसा कायम गरेको छ।

त्यसैगरी, नेप्सेले इन्फिनिटी लघुवित्तको १० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१९ रुपैयाँ ९ पैसा कायम गरेको छ ।

त्यस्तै, नेप्सेले पोखरा फाइनान्सको ७ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १३७ रुपैयाँ ३८ पैसा कायम गरेको छ।

यी चारवटै कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । आइतबार चारवटै कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x