IME Life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग

SPIL
NIC ASIA

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोगको प्रस्तावको पक्षमा अमेरिकी सांसदहरुले मतदान गरेका छन् ।

अमेरिकी संसदको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग प्रस्ताव पारित भएको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको छ । संसारकै सबैभन्दा शक्तिशाली अमेरिकी राष्ट्रपतिलाई आफ्नै संसदले महाअभियोग लगाएपछि विश्वभर चर्चा सुरु भएको छ । यद्यपि तल्लो सदनबाट मात्रै पारित भएको सो महाअभियोग प्रस्तावले राष्ट्रपति ट्रम्पलाई पदच्यूत गर्न भने माथिल्लो संसदबाट समेत पारित हुनुपर्दछ । महाअभियोग प्रस्तावका कारण यतिबेला डोनाल्ड ट्रम्पको पद धरापमा परेको छ ।

Prabhu
Crest

अमेरिकाको इतिहासमा नयाँ रेडर्क राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको हो । अमेरिकी राष्ट्रपतिले महाअभियोग सामना गर्नु परेको ट्रम्प तेस्रा राष्ट्रपति हुन् ।

बुधबारदेखि चलेको बहसलाई निष्कर्षमा पुर्याउँदै नेपाली समय अनुसार बिहिवार विहान अमेरिकी संसदमा भएको मतदानमा ट्रम्पको विरुद्धमा महाअभियोग प्रस्ताव पारित भएको हो । सिएनएनका अनुसार महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको छ । महाभियोगका लागि २१६ मत आवश्यक पर्नेमा त्यसभन्दा १४ मत बढी परेर पारित भएको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS