IME Life

चार महिनाको मुद्रास्फीति ५.७६ प्रतिशत , अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक बर्षको चौमाससम्ममा उपभोक्ता मुद्रास्फीति ५दशमलव ७६ प्रतिशत रहेको छ । राष्ट्र बैैकका अनुसार अघिल्लो बर्षको सोहि अवधिमा मुद्रास्फीति ४ दशमलव १५ प्रतिशत थियो ।

Prabhu
Crest

कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ६ दशमलव ५० प्रतिशत, तराईमा ६ दशमलव ०४ प्रतिशत, पहाडमा ४ दशमलव ५६ प्रतिशत र हिमालमा ४. दशमलव ०१ प्रतिशत मुद्रास्फीति रहेको छ । गत बर्षको सोहि अवधिमा काठमाडौं उपत्यकामा ४दशमलव ५० प्रतिशत,तराईमा ३ दशमलव ७९ प्रतिशत, पहाडमा ४ दशमलव ३१ प्रतिशत र हिमालमा ४ दशमलव ६२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

यो अवधिमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिनाको) मुद्रास्फीति ५.५४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.१५ प्रतिशत र २.३३ प्रतिशत रहेको थियो।

पहिलो चौमासको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ९४ प्रतिशत रहेको छ । गत बर्षको सोहि अवधिमा मुद्रास्फीति ६ दशमलव ९३ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७६।७७ को चार महिनामा कुल वस्तु निर्यात २३ दशमलव ९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव ६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४ दशमलव ७ प्रतिशतले घटेको तथ्याङकले देखाएको छ ।

चालु आर्थिक वर्ष २०७६।७७ को कात्तिक मसान्तसम्ममा कुल वस्तु आयात ६ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ कायम भएको छ । गत बर्षको सोहि अवधिमा कुल वस्तु आयात ३५ दशमलव ८ प्रतिशतले बढेको थियो।

आर्थिक वर्ष २०७६र७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात र आयात अनुपात ८ दशमलव १ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव १ प्रतिशत रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS