Prabhu Life Ad Final

कृषि विकास बैंक र होमस्टे एशोसियसन नेपालबीच सम्झौता

IME PAY

काठमाडौं । कृषि विकास बैंक र होमस्टे एशोसियसन नेपाल विच वित्तिय तथा सामाजिक र सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सिईओ अनिलकुमार उपाध्याय र होमस्ट एशोसियसन नेपालका अध्यक्ष केशव प्रसाद बडालल हस्ताक्षर गरेका हुन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले होमस्टे (घरबास) एशोसियसन नेपालसँग गरिएको यस प्रकारको सम्झौताले नेपालका ग्रामीण क्षेत्रहरुमा रहेका होमस्टेहरुको पहिचान, प्रवद्र्धन, बजारीकरण, स्थानिय स्तरमा रोजगारीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गरेका छन् ।

NCHL

बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार होमस्टे ९घरवास० एशोसियसन नेपालमा आवद्ध देशभरका करीब एक हजार होमस्टे संचालकहरुलाई परियोजना संचालन गर्न आवश्यकपर्ने कर्जा उपलब्ध गराउनुको साथै एशासीयनको सिफारिसमा स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार बाख्रापालन, तरकारी खेती, स्थानिय कुखुरापालन, पशुपालन आदि जस्ता परियोजनामा बैंकले सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x