IME Life

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड सजायको फैसला

SPIL
NIC ASIA

एजेन्सीहरु । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय दिने फैसला गरेको छ । पाकिस्तानमा लामो समय शासन सत्तामा रहेर काम गरेका पूर्व सैनिक जर्नेल तथा राष्ट्रपति मुशर्रफलाई मृत्युदण्ड दिने फैसलासँगै विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीश सम्मिलित इजलासले पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो । सो इजलासको पूर्ण आदेश ४८ घण्टाभित्र जारी हुने पाकिस्तानी अखबारले जनाएको छ ।

Prabhu
Crest

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार मुशर्रफलाई अदालतले राज्य विप्लवको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वका अहमल सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिमको बेन्चले मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तानी सेनाका पूर्व प्रमुख समेत रहेका मुशर्रफ अहिले दुबईमा छन् । मुशर्रफले सन् २००७ नोभेम्बर ३ मा पाकिस्तानमा कू गरी त्यहाँको सत्ता आफ्नो हातमा लिएका थिए । उक्त मुद्दा सन् २०१३ को डिसेम्बरदेखि विचाराधीन अवस्थामा रहेको थियो । मुशर्रफले नेपाल भ्रमण समेत गरेका थिए । शाहीशासनको बेला नेपालमा सम्पन्न भएको सार्क शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय आकाश प्रयोग नगरी चीन हुँदै आएका मुशर्रफ र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता समेत भएको थियो । मुशर्रफ नेपालका शुभचिन्तक समेत मानिन्छन् । उनी भारत विरोधी मानिन्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS