IME Life
Beema Board

श्री इन्भेष्टमेन्ट फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस ११ गते साधारण सभा बोलाएको यस कम्पनीले भोलि मंगलबारबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आज सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २ दशमलव ३५ प्रतिशत बोनस सेयर र १० दशमलव ६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश लाभांश दिन लागेको हो । सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

Prabhu
Crest

सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड रुपैयाँ छ । बोनस सेयरपछि पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS