Connect IPS
IME Life

सुनौली पुग्यो बीमा समितिको होर्डिङ बोर्ड अभियान, काँकडभिट्टा, महेन्द्रनगरमा पनि राखिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको दक्षिणी सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीको प्रभाव रोक्ने अभियान चलाउन अर्थमन्त्रालयबाट निर्देशन पाएपछि जनचेतना अभियान बनाएको बीमा समितिले शनिबार रुपन्देही जिल्लाको सुनौली नाकामा नयाँ होर्डिङबोर्ड राखेको छ ।

मध्यपूर्वी महोत्तरीको भिट्टामोडबाट सुरु गरेको होर्डिङ बोर्ड अभियान पर्साको बीरगन्जपछि सुनौलीमा राखिएको हो । सीमा क्षेत्रमा भारतीय बीमा कम्पनी सक्रिय भएको रिपोर्ट अर्थमन्त्रालय पुगेपछि गत असोजमा बसेको बित्तीय क्षेत्र समन्वय समितिको बैठकले सीमा क्षेत्रमा होर्डिङ बोर्ड राख्न बीमा समितिलाई निर्देशन दिएको थियो ।

Prabhu
Crest

शनिबार देशकै दोस्रो ठूलो भन्सार भैरहवा नजिकै सुनौली नाकामा विदेशी कम्पनीमा बीमा नगरौं भन्दै सन्देशसहितको होर्डिङ बोर्ड राखिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाँईले उद्घाटन गरेको नयाँ होर्डिङ बोर्डमा विदेशस्थित विदेशी कम्पनीमा बीमा गर्नु कानुन विपरित भएको जानकारी दिइएको छ । नेपालस्थित बीमा समितिबाट अनुमति प्राप्त बीमा कम्पनीमा बीमा गरौं भन्ने सन्देश सहितको होर्डिङ बोर्डले सीमा क्षेत्रमा भारतीय बीमा कम्पनीको प्रभाव घट्ने विश्वास समितिका अध्यक्ष चापागाँईले बताए ।

सीमा क्षेत्रमा होर्डिङ राख्ने अभियान चलाएको बीमा समितिले आगामी दिनमा पूर्वी नेपालको काँकडभिट्टा, सुदुरपश्चिमको महेन्द्रनगरमा पनि होर्डिङ बोर्ड राख्ने तयारी गरेको छ । यी क्षेत्रमा नेपालमा दर्ता नभएका विदेशी कम्पनीले बीमा बजारिकरण गरेको जनगुनासो छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS