IME Life

चिनियाँ ह्याक काण्डपछि नेप्स एक्लिदै, प्रभु बैंकपछि एनआईसी एसिया पनि नेप्सबाट बाहिरिदै

SPIL
NIC ASIA

काठमाडौं । नेपालका १८ वटा बैंक तथा वित्तीय संस्थाहरुको विद्युतीय भुक्तानीमा नेटवर्किङ गर्दै आएको नेप्स अप्ठेरोमा परेको छ । एक पछि अर्को गर्दै चलेका बैंकहरुले छोडेपछि १८ वटा बैंकको लगानी रहेको नेप्स संकटमा परेको हो ।

नेप्सकै कारण गत भदौंको तिजमा १८ वटा बैंकका सबै एटिएमहरु ह्याक गरी ह्याकरहरुले भारत, भुटान र नेपालबाट करोडौं रकम निकालेका थिए । सो विवादमा फसेको नेप्सबाट देशकै ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंक बाहिरिने भएको छ ।

Prabhu
Crest

एनआइसी एसिया बैंकले कार्ड प्रणालीलाई बलियो बनाउन भन्दै नयाँ स्वीच प्रयोगमा ल्याउने शुक्रबार नयाँ सम्झौता गरेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोड्दै बैंकले आफ्नै स्वीच राख्ने बाटोमा अघि बढेको हो । बैंकले नेप्सबाट व्यापार झिक्ने वित्तिकै करोड रुपैयाँको व्यापार नेप्सबाट फुत्किएको छ ।

एनआईसी एसिया बैंकले एसटुएमको सेलेक्ट सिस्टम इएफटी स्वीच प्रयोग गर्न शुक्रबार मोरक्कोस्थित स्वीच कम्पनी एसटुएमसँग सम्झौता गरेको जनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एटुएमका उपाध्यक्ष मोहम्मद अमरति र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

१८ वटा बैंक वित्तीय संस्थामध्ये नेप्स छोड्ने एनआईसी दोस्रो बैंक हो । यसअघि प्रभु बैंकले पनि नेप्ससँगको सम्बन्ध अन्त्य गर्दै स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य सुरु गरेको थियो । प्रभु बैंकको भिषा कार्ड यही पुस १० गतेदेखि बन्द हुने भइसकेको छ । प्रभु बैंकले आफ्ना ग्राहकलाई एसटिसी कार्ड वितरण सुरु गरिसकेको छ ।

नेप्सको प्रविधि असुरक्षित भएपछि बैंकहरु भटाभट नेप्स छोड्ने क्रममा छन् । नेप्सको सिष्टम ह्याक गरी नेप्समा आबद्ध बैंक वित्तिय संस्थाहरुको कार्ड प्रयोग गर्दा सबै एटिएमबाट जतिपनि रकम निकाल्न मिल्ने गरी फ्रि बनाएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS