IME Life

पोखरा फाइनान्सको साधारण सभा पुस १८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । पोखरा फाइनान्सले पुस १८ गते साधारण सभा बस्ने भएको छ । सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरा कास्कीमा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।

सभा प्रयोजनको लागि पोखराले पुस ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्दैछ । पुस ३ गतेसम्म मात्र कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले सभामा १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.२० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS