Prabhu Life Ad Final

युनाईटेड इन्स्योरेन्सको संस्थापक शेयर हकप्रदमा आवेदन परेन

IME PAY

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले लिलाम गरेको हकप्रद शेयर आज खोलिएको छ ।
एनएमबी क्यापिटलका अनुसार संस्थापक शेयरमा कुनै पनि आवेदनहरु परेनन् । कम्पनीले एक लाख ५७ हजार ६४९ कित्ता शेयरको लागि लिलाम आह्वान गरेको थियो । सो शेयरका लागि कुनै पनि आवेदन नपरेको एनएमबी क्यापिटलले जनाएको छ । यस पटक संस्थापक शेयरधनीहरुलाई मात्रै तोकेर लिलाम गरिएका कारण कुनै आवेदन नपरेको हो । अब लिलाम गर्दा सर्वसधारणलाई खुल्ला गरी लिलाम गरिनेछ ।

NCHL

सर्वसाधारणको शेयरमा ५३२ वटा आवेदन परेका छन् । तीन लाख ४१ हजार ५४३ कित्ता शेयर बिक्रीका लागि खोलिएको आवेदनमा १८०.८० रुपैयाँभन्दा माथि मूल्य राखेर आवेदन दिएकाहरुले शेयर पाउने भएका छन् । अर्थात यसको कटअफ मूल्य १८० रुपैयाँ कायम भएको छ । कस–कसले पाए भन्ने विस्तृत विवरण पछि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । आवेदन नपरेको संस्थापक शेयरधनीतर्फको हकप्रद शेयर पुनः प्रक्रिया पूरा गरेर लिलाम गरिने कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार युनाईटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता २३७ रुपैयाँमा कारोबार भएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x