मानुषी लघुवित्तको साधारण सभा पुस १३ गते, यस्ता छन् एजेण्डाहरु

Citizen Life Insurance Co

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले पौष १३ गते प्रथम वार्षिक साधारण सभ ागर्ने भएको छ । संस्थाले अन्य कुनै लघुवित्त वित्तिय संस्थासँग मर्जरमा जाने वा एक्विजिशनमा जाने प्रस्ताव सहित पौष १३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको जनाइएको छ ।

संस्थाल उक्त सभा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे गर्ने जनाएको छ । त्यस्तै, सभामा सञ्चालक समितिको गत आवको वार्षिक प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक नियुक्ति, प्रथम सञ्चालक समितिलाई नै आगामी चार आर्थिक वर्षका लागि निरन्तरता दिने प्रस्तावहरु रहेका छन् ।

त्यसैगरी मर्जरका लागि आवश्यक सम्पूर्ण कामका जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय लगायतका एजेण्डाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार