IME Life

२० लाख स्याउको बोटबाट बार्षिक ६० करोड आम्दानी, तीन जना किसान मात्रै बीमाको पहुँचमा

SPIL
NIC ASIA

काठमाडौं । हिमाली क्षेत्रलाई बीमा कम्पनीहरुले प्राथमिकतामा नराख्दा ठूलो बजार बीमाको पहुँच बाहिर रहेको खुलेको छ । हिमाली जिल्ला मुस्ताङका झण्डै दुई हजार किसानले स्याउ खेती गरी बार्षिक ६० करोडभन्दा बढि आम्दानी गर्न थालेका छन् । तर, जम्मा तीन जना मात्रै किसानले बीमा गराएको खुलेको छ ।

जिल्लास्थित स्याऊ जोन कार्यालयका प्राविधिक लवश्री विश्वकर्माले दिएको जानकारी अनुसार मुस्याङ जिल्लामा मात्रै २० लाख १६ हजार पाँच सय वटा स्याऊका बिरुवा रोपिएका छन् । रोपिएका बिरुवाहरु मध्ये करिब ५० बिरुवा बीमाको दायरामा आएका छन् । स्थानीय तीन जना किसानले अन्दाजी ५० हजार बिरुवाको बीमा शिखर इन्स्योरेन्समा गराएको स्याउ जोन कार्यालयले जनाएको छ ।

Prabhu
Crest

बाँकी किसान माँझ बीमाको पहुँच विस्तार हुन नसकेको स्याऊ जोन कार्यालयको अधिकारीको भनाई छ । करिब दुई हजार किसानले यस वर्ष छ हजार पाँच सय टन स्याउ निर्यात गरी करिब ६० करोड रुपैयाँ आम्दानी गरेको जिल्लास्थित स्याउ जोन कार्यालयले जनाएको छ ।

कृषि बीमाको ठूलो सम्भावना भएर पनि मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा दुई वटा मात्रै निर्जिवन बीमा कम्पनीले शाखा खोलेका छन् । प्रभु इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले मात्रै मुस्ताङमा शाखा खोलेका छन् । शाखा खोलेको प्रभु इन्स्योरेन्स कम्पनीले हालसम्म एक जना पनि स्याउ किसानको बीमा गराउन सकेको छैन । प्रभु इन्स्योरेन्स कम्पनीको मुस्ताङ शाखाका प्रमुख किरण थकालीले इन्स्योरेन्स खवरसँग भने, ‘भवन, पशु र गाडीको बीमा अलि अलि भइरहेको छ, बाली बीमा अहिलेसम्म भएको छैन ।’ उनले बाली बीमाको लागि किसानसँग कुराकानी भइरहेको भएपनि अहिलेसम्म बीमा नै गरिसकेको अवस्था भने नरहेको उनले बताए ।

बार्षिक ठूलो रकम आम्दानी हुने क्षेत्रका किसानले जोखिमपूर्ण रुपमा स्याउ उत्पादन गर्दा समेत बीमा कम्पनीको उपस्थिति कमजोर हुनुले सम्भावित भर्जिन बजारमा प्रवेश नै गर्न नचाहेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS