Connect IPS
IME Life

खोटाङमा चार स्काभेटरमा आगो, तीन करोडको क्षति, चार करोडको बीमा दावी पर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खोटाङ र भोजपुरमा सडक खनिरहेका चार वटा स्काभेटरमा आगोजनी भएको छ । गोल्डेन गुड शेर्पा कन्ट्रक्सन अन्तर्गतका ति उपकरणमा अज्ञात समुहले गत शनिबार राति आगो लगाएको सो कन्ट्रक्सनले जनाएको छ । म्यानेजर गोपाल थापाका अनुसार खोटाङमा तीन वटा र भोजपुरमा एक वटा स्काभेटरमा आगो लगाइएको छ ।

निर्माणस्थलमा शनिबार राति ९ बजेसम्म काम गरेको स्काभेटर मध्यराति अज्ञात समुहले जलाईदिएका हुन् । आगजनीका कारण दुई वटामा सामान्य क्षति भएको भने अरु दुई वटामा बढि क्षति भएको स्थानीयबासीले जनाएका छन् । खोटाङका डिएसपी बामदेव गौतमका अनुसार आगो लगाउने समुहको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । खोटाङ्को दिक्तेल–चखेवाभन्ज्याङ सडकको काम गरिरहेका स्काभेटरमाथि भएको आगजनीबाट चार करोडभन्दा बढिको क्षति भएको कम्पनीले दावी गरेको छ । ९० लाख मूल्यका स्काभेटरमा पूर्ण क्षति भएकोले कम्पनीले डिजेलसहित पूर्ण क्षति अन्तर्गत चार करोडको बीमा दावी प्रक्रिया अघि बढाएको जनाएको छ ।

Prabhu
Crest

यद्यपि पुरानो अवस्थाका स्काभेटर भएकोले दावी अनुसारको मूल्य भुक्तानी हुन भने कठिन छ । दुई वर्ष पुराना स्काभेटर बार्षिक १० प्रतिशतका दरले ह्रास कट्टी गर्दा दुई करोड ८८ लाखको सम्पत्तिमा क्षति पुगेको देखिएको छ । पूर्ण रुपमा क्षति भएको ठहर भएमा मात्रै उक्त सो बराबरको बीमा दावी भुक्तानी हुन सक्ने जनाइएको छ ।सो स्काभेटर आगजनीको बीमा दावी एभरेष्ट इन्स्योरेन्समा पर्ने भएको छ । क्षति पुगेका चार वटै स्काभेटरको बीमा एभरेष्ट इन्स्योरेन्समा गरेको खुलेको छ । हालसम्म पनि एभरेष्ट इन्स्योरेन्सले क्षतिको मूल्याङ्कनको लागि सर्भेयर परिचालन गरिसकेको छैन । आगो लगाउने समुहले यसअघि चन्दा नमागेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनका म्यानेजर थापाले इन्स्योरेन्स खवरलाई बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS