IME Life

१९ निर्जीवन बीमा कम्पनीको ११ अर्ब दावी भुक्तानी हुन बाँकी, कसको कति? (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौँ । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमाससम्म ११ अर्ब भन्दा बढि रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । ति कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कूल असोज मसान्तसम्ममा ११ अर्ब १६ करोड ८४ लाख रुपैयाँ बराबरको दावी रकम भुक्तानी गर्न बाँकी छ ।

उल्लेखित विवरणमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनी सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको दावी भुक्तानी बाँकी रकम थप गर्दा करिब १२ अर्ब पुग्ने देखिएको छ ।

Prabhu
Crest

चालु आवको पहिलो त्रैमासको अवधिमा सबैभन्दा धेरै भुक्तानी हुन बाँकी दावी रकम प्रिमियर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम एक अर्ब ८५ करोड ९७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्सको रहेको छ । कम्पनीमा भुक्तानी हुन बाँकी दावि रकम एक अर्ब ५४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

तेस्रोमा एभरेष्ट इन्स्योरेन्स रहेको छ । चालु आवको पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीमा भुक्तानी हुन बाँकी रहेको दावी रकम ९९ करोड २१ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कम्पनीले मात्र नभई ‘रि इन्स्याोरेन्स’ कम्पनीले समेत व्यहोर्ने हुँदा सम्पूर्ण दावीको रकम कम्पनीले मात्र व्यहोर्न नपर्ने हुँदा सम्बन्धीत कम्पनीलाई मात्रै भार पर्दैन ।

                                                                                       (रकम हजारमा )

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS